आयरल्याण्ड ‘ए’ विरुद्ध अर्जुन कुमालको शानदार शतक

जनता संवाददाता
२०८० चैत्र २५ गते, आईतवार

काठमाडौं । अर्जुन कुमालले तेस्रो तथा अन्तिम एक दिवसीयमा आयरल्याण्ड एविरुद्ध शतक बनाएका छन् ।

२८५ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर कुमालले ३४औं ओभरको पहिलो बलमा २ रन जोड्दै शतक पूरा गरेका हुन् । ११३ बलको सामना गरेका उनले १४ चौका हानेका थिए ।

कुमालले अर्जुन साउदसँग मिलेर नेपाललाई राम्रो सुरूवात दिलाएका थिए । दुवैले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । साउद ३६ रनमा आउट भए ।

त्यसपछि देव खनालसँग ५२ रनको साझेदारी गरे । खनाल १० रनमा आउट भए । नरेन भट्ट (११), विनोद भण्डारी (१५) र भीम सार्की (०) रनमै आउट भए ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते, आईतवार


Scroll to Top

Janata Media