बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाका अधिकांश कर्मचारीहरु कार्यालय समयमा मोबाइलमा व्यस्त भएको पाइएको छ । नगरपालिकाका प्रायजसो शाखाका कर्मचारीहरु काम छोडेर मोबाइलमा व्यस्त भएको पाईएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाह कार्यालयमा उपस्थित थिएनन् । तर उनको कार्यकक्ष बाहिर सेवाग्राहीहरु फाइल समाएर लाईनमा कुरिरहेका थिए । लेखा शाखामा भने सेवाग्राहीहरु केही मात्रामा थिए ।
अन्य सबैजसो शाखाका कर्मचारीहरु काम छोडेर मोबाइलमा व्यस्त थिए । कोही कर्मचारीहरु चौरमा घाम तापेर बसिरहेका थिए भने कोही कर्मचारी नगरपालिकाको भवनभन्दा बाहीर कोटी बजारको गल्लीमा डुलेका देखिन्थे ।
यो विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष कुमार शाहसँग सोध्दा आफु उक्त दिन बिदामा रहेको र कर्मचारीको बचाऊ गर्दै काम नभएकाले त्यसरी मोबाईलमा झुम्मिएको हुनसक्ने भन्दै आवश्यक परे कारबाही गर्ने समेत बताए । ‘म त्यो दिन बिदामा थिँए । कर्मचारीहरु काम नभएकाले, सेवाग्राही नआएकाले त्यसरी मोबाइलमा झुम्मिएका हुन सक्छन् । तर हाम्रो आफ्नै आचार संहिता छ । यदि त्यो भित्र छैनन् भने आवश्यक कारबाही गर्छु ।’ जनता मिडियासँग उनले भने ।
यसरी कार्यालय समयमा काम छोडेर मोबाइलमा झुम्मिनु, कार्यालय छोडेर बाहीर बजारतिर जानु र चौरमा घाम तापेर बस्नु पक्कै पनि राम्रो होईन । यसमा सम्बन्धित कर्मचारी, जनप्रतिनिधि र कार्यालय प्रमुखको जिम्मेवार भई आफ्ना काम र कर्तव्यमा ध्यान जान आवश्यक देखिन्छ ।
भिडियो हेर्नुहोस्:







