एमाले हुम्लाको दशौँ जिल्ला अधिवेशन आज

जनता संवाददाता
२०८० चैत्र २९ गते, बिहीबार

हुम्ला । नेकपा (एमाले) हुम्लाको दसौं जिल्ला अधिवेशनको शुरुवात हुँदैछ ।

चैत्र २८ गतेबाट सुरु गर्ने भनियता पनि हिजो बुधबार कर्णाली प्रदेश सरकार गठन लगायतका काममा प्रदेश इन्चार्ज लेखराज भट्ट लगायतका नेताहरु व्यस्त रहनु पर्ने भएपछि निर्धारित समयभन्दा एक दिन ढिलो अर्थात आज उद्घाटन हुन लागेको हो ।

अधिवेशनका लागि पार्टी केन्द्रिय सचिव तथा कर्णाली प्रदेश कमिटि इन्चार्ज लेखराज भट्ट स्थायी कमिटि सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज गोरख बोगटी, कर्णाली प्रदेश कमिटि अध्यक्ष गुलावजंग शाह,पाटी केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला ईचार्ज नगिन्द्र शाही (नेशनल) पार्टी केन्द्रीय सदस्य दल रावल, दल फडेरा, छक्कबहादुर लामा, केन्द्रीय निर्वाचन आयोग सदस्य काँसी बराल, केन्द्रीय लेखा आयोग सदस्य डा।लिलाधर तिवारी सहभागी हुने भएका छन् ।

जिल्ला अधिवेशनका सातवटै गाउँपालिकामा रहेका ४३ वटै वडाका प्रतिनिधिहरू सदरमुकाम सिमकोट पुगिसकेका छन् । दशौं जिल्ला अधिवेशनका लागि १७८ जना प्रतिनिधि छनौट भएका छन् । त्यसैगरि ९८ जनाको आयोजक कमिटी गरी २९८ जना प्रतिनिधिले दशौं जिल्ला अधिवेशनमा प्रतिनिधित्व गर्नेछन् ।

एमाले जनवर्गीय सङ्गठनबाट समेत अधिवेशन प्रतिनिधिको व्यवस्था गरेको छ । अधिवेशनका लागि ३३ प्रतिशत महिला र चालीस वर्ष मुनीका १५ प्रतिशत प्रतिनिधि छनौट भएको एमाले हुम्लाले जनाएको छ । यसअघि नै दसौं जिल्ला हुम्लाको वस्तुस्थिति झल्किने गरी लोगो सार्वजनिक गरिएको थियो ।

प्रकाशित मिति : २०८० चैत्र २९ गते, बिहीबार


Scroll to Top

Janata Media