सुरज पण्डितको ‘रातो किताब’ सार्वजनिक (भिडियोसहित)

जनता संवाददाता
२०८१ बैशाख १४ गते, शुक्रबार

काठमाडौँ । कर्णालीको यथार्थमा आधारीत सुरज पण्डित र लक्ष्मण देवकोटाको प्रस्तुतिमा नयाँ गीत ‘रातो किताब’ सार्वजनिक भएको छ। पण्डितकै स्वर, शब्द र संगीतमा उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा लक्ष्मण सुनारको निर्देशन रहेको लक्ष्मण देवकोटा, सुस्मीता कुँवर र वसन्त उदासलगायतको अभिनय रहेको छ। रातो किताब एउटा सरकारी किताब हो जुन विशेषत: बजेट र अर्थनीति सँग सम्बधित रहेको पण्डितको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

‘यसलाई अलि फराकिलो परिभाषामा भन्ने हो भने यो जनताको किताब हो। जहाँ जनताका वास्तविक आवश्यकता र चाहनालाई समान र न्यायिक हिसाबले सम्बोधन गरिनुपर्ने हुन्छ ।तर बिडम्बना नेपालको परिस्थिति यसो हुन सकेन र यो भुइँ मान्छेका सपना पूरा गर्ने जनताको आफ्नो किताब नबनेर सिमित मान्छेका स्वार्थ पूरा गर्ने पकेटको किताब बन्न पुग्यो। अब यस्तो नहोस् भनेर यस परिस्थितिलाई खबरदारी गर्नका खातिर रातो किताब जस्तो सांगीतिक सिर्जनाको परिकल्पना गरिएको पण्डितले बताए ।

भिडियो हेर्नुहोस्:

प्रकाशित मिति : २०८१ बैशाख १४ गते, शुक्रबार


Scroll to Top

Janata Media