नाबालिकालाई गर्भवती गराएको आरोपमा युवक पक्राउ

जनता संवाददाता
२०८१ जेष्ठ १ गते, मंगलवार

स्याङ्जा । जबरजस्ती करणी गरी १५ बर्से बालिकालाई गर्भवती बनाएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । डर, त्रासमा पारी बालिकालाई पटक पटक करणी गरेर गर्भवती बनाएका हरिनास गाउँपालिका –३ सिरिन्डाँडाका २१ वर्षीय रिम बहादुर थापालाई पक्राउ गरेको हो ।

परिवर्तित जिल्ला ४० स्थित आफ्नै घर कोठामा १५ वर्षीय परिवर्तित नाम ०८०/०८१ आधि खोला ९८ लाई अन्तिम पटक गत कार्तिक महिनाको राती अन्दाजी १० बजे करणी गरेका थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक पावल सिंह लामाले बताए ।

पटक पटक करणी गरी गर्भवती बनाएको हुँदा कानुन बमोजिम कारबाही गरी पाउँ भन्दै परिवारले किटानी जाहेरी दिएकाले थापालाई पक्राउ गरिएको प्रहरी निरीक्षक लामाले बताए ।

पक्राउ परेका थापालाई जबरजस्ती करणी मुद्दा दर्ता गरी स्याङ्जा अदालतबाट १० दिनको म्याद थप लिई आवश्यक अनुसन्धान अगाडि बढाएको लामाले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते, मंगलवार


Scroll to Top

Janata Media