टुटि दिदीको घर बन्दा जीवनभरि नभएको खुसी प्राप्ति

जनता संवाददाता
२०८१ बैशाख १८ गते, मंगलवार

सर्जन कुमार शाही, मुगु । मुगु जिल्ला सदरमुकामबाट रारा विमान स्थल जादै गर्दा मैतु भन्ने ठाउमा सडक छेउमा एउटा टिनको कटेरो नदेख्ने कमै होलान् । त्यही छाप्रोमा बस्दै आएकी नानी भाउ विक (टुटि दिदी)को आफ्नै पक्की घर बनेको छ । शारिरिक रुपमा अपाङ्गता रहिकी नानी भाउको शरिरको तल्लो भाग नचल्दा यता उता हिड्डुल गर्दा घिर्सिने गर्छिन् ।

बाबाले पालन पोषण गर्दै आएका उनलाइ बाबाको शासपछी कसरी जीवन जिउने होला भन्ने पिरले सधै सताउने गरेको बताउँछन् । कटेरोमा डराइ डराइ असुरक्षित अबस्थामा बस्दै आउनु भएकी नानिभाउका लागि भगवानका रुपमा छाया नेपाल नामक सस्था आइपुगेपछी उनमा खुशी सिमा छैन नहोस पनि किन छाया नेपालले छायानाथ रारा नगरपालिका ५ ढुम गाउमा नानी भाउ विक कै नाममा जग्गा किनिदिएर पक्की घर पनि बनाइ दिएको छ भने घर मै अपाङ्गता मैत्री शौचालय र अन्य संरचना बनाइ दिदा त झन दैनिक जीवन जिउन सहज भएको छ ।

गत पुस २६ गते नगरप्रमुख विष्णुकुमार भामले घर निर्माणका लागि सिलान्यास गरेको १०७ दिनपछि ३ कोठा र शौचालय सहित घर निर्माण सम्पन्न भएको हो । घर नहुदा उहालाइ बस्न,शौच गर्न,खानपान गर्ने लगायतका दैनिक कार्यमा समस्या थियो ।सदरमुकामबाट रारा विमान स्थल तर्फ जाँदै गर्दा बाटो छेउमा कारोणिक र दर्दनाक अवस्थामा जीवन विताइ रहेकि टुटि दिदिलार्इ देखेपछी छायानेपालले स्थानिय सरकार छायानाथ रारा नगरपालिका सङ्ग लागत साझेदारीमा घर निर्माण गरिदिएर सामान्य जीवन जिउन सहज वातावरण निर्माण गर्ने गरेको निर्णय बमोजिम मै अपाङ्गतामैत्री घर निर्माण गरि हस्तानरण समेत गरिएको छाया नेपालका कर्णाली प्रदेश टिम लिडर मीन बहादुर रावलले बताए ।

छाया नेपालले मुगुमा स्वास्थ्य,शिक्षामा भौतिक पुर्वाधार सुधारका कार्य गर्दै आएको छ भने विपन्न,गरिव,पछाडि परेका वर्गका बालबालिको शिक्षामा पनि लगानी गरिरहेको छ । असाय,अपाङ्गता र बेसहारा रहेका व्यक्तिको लागि आवास बनाउनुका साथै जिविकोपार्जनका लागि सुहाउदो व्यवसाय सन्चालनमा पनि सहयोग गरिरहेको छ ।

शारिरिक अपाङ्गता रहेको नानी भाउ कामि (टुटि दिदी)लाई पक्की घर मात्र होइन सोही घरमा खुद्रा पसल सन्चालन गर्न र उनको छोरालाइ निजि विधालयमा पढाउन पनि अनुदान सहयोग गरिरहेको टिम लिडर रावलले जानकारी गराए ।

‘म जस्तो शरीर नचल्ले अरुको सहारामा चल्नुपर्ने मान्छेको आफ्नै पक्की घर होला,पसल होला अनि सन्तानलाइ पढाउन सकुला भन्ने कल्पना सम्म गरेको थिइन । मेरो लागि छाया नेपाल र छायानाथ रारा नगरपालिका भगवान भएर आए अहिले आफ्नै नामको जग्गा छ । पक्की घर छ मलाई सहज हुने चर्पी छ , पसल छ,छोरोको पढाइ चलिरहेको छ । नयाँ पक्की घरमा बसि खुशी हुँदै टुटि दुदिले खुशिका आँसु झार्दै भने ।’

छाया नेपालले १५ लाख ३० हजार ९०८ र छायानाथ रारा नगरपालिकाले २ लाख ७८ हजार ९५० गरि कुल १८ लाख ९ हजार ५८ रुपया लागत साझेदारीमा नानी भाउ विकको पक्की घर बनाउने स्टमेट भएपनी घर बनाउँदा नगरपालिकाको श्रमदान नीति अनुसार नगरप्रहरी,सरकारी गैर सरकारी कर्मचारी र मनकारी व्यक्तिहरुले श्रमदान गर्दा १४ लाख ९२ हजार ९७१ रुपया खर्चमा नानिभाउ विकको घर निर्माण सम्पन्न भएको थियो ।

श्रमदानले खर्च घटदा ३ लाख १६ हजार ८७ रुपया बचेकाले उक्त बचेको रकम नानिभाउ विकको आवश्यकिय कामको लागि खर्च गर्ने कि.. जिल्लामा रहेका अन्य अपाङ्गता व्यक्तिलाइ सहयोग गर्ने सरोकारवालाहरुको बैठकबाट निर्णय गरेर खर्च गरिने छाया नेपाल बताएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख १८ गते, मंगलवार


Scroll to Top

Janata Media