
दाङ । दाङको तरुलियामा आँगलागि हुँदा एक वृद्वको ज्यान गएको छ । दाङको लमही नगरपालिका वडा नम्बर ९ तरूलियामा आगलागी हुँदा एक वृद्धको ज्यान गएको हो ।
बिहीबार बेलुका ५ बजे स्थानीय जितबहादुर बोटको घरबाट फैलिइएको आगलागीमा परी अन्दाजी ८७ वर्षीय वीरबहादुर बोटेको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो। आगलागीबाट दुई घर र एक गोठ जलेर नष्ट भएको छ ।
केटाकेटीले सलाई खेल्ने क्रममा घरमा एक्कासी खरको छानोले छाएको जितबहादुर बोटेको घरमा आगलागी भएको थियो । सोही क्रममा घरमा रहेको सामान बचाउने क्रममा वीरबहादुर बोटे जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । आगोमा परी घरमा रहेको खाद्यान्न, लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ ।
आगलागीबाट करिब एक लाख भन्दा बढीको इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए । घरमा आगो लागेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।