गर्मीमा यस्तो खालका कपडा लगाउनुहोस्

जनता संवाददाता
२०८१ बैशाख २२ गते, शनिबार

काठमाडौँ । गर्मी मौसम सुरु भएको छ । मौसम परिवर्तन भएपछि हामीले लगाउने कपडामा पनि विचार गर्नुपर्छ । जाडोमा हामी बाक्लो कपडा लगाउँने गर्छौ भने जाडोमा पातलो कपडा लगाउनुपर्दछ ।

गर्मीमा पातलो खालको कपडा र त्यसको रंगमा ध्यान दिनुपर्दछ । गर्मीमा हल्का रंगको प्रयोग गर्नु राम्रो हो । कटन मिसिएको सिल्क, शिफोन, लिनन, जाँरजट र हेन्डलुम तथा खादीबाट बनेको लुगा लगाउँदा पसिनालाई सोस्छ अनि हामीलाई सहजता पनि हुन्छ । दिउँसो कटन तथा फुल स्लव्ज लगाउँने भने रात र विहानको समयमा स्लीवलेस लगाउँदा उपयोगी हुन्छ ।

गर्मीमा लिनन तथा जारजटको लामो स्कर्ट लगाउँदा सहज हुन्छ । कटन हेडलुम तथा खाडी चिसो बनाउने खालको र पसिना सोस्ने वाला फेब्रिक हो जसलाई लगाउँदा तपाई निकै गर्मीमा पनि सहज महसूस गर्न सकिन्छ । गर्मीमा फेशन कूल हुन आवश्यक छ । गर्मी मौसममा आफूलाई कस्तो कपडा लगाउँदा सहज लाग्छ त्यस्ता कपडा लगाउँनुपर्छ ।

प्रकाशित मिति : २०८१ बैशाख २२ गते, शनिबार


Scroll to Top

Janata Media