डिभीको नतिजा सार्वजनिक

जनता संवाददाता
२०८१ बैशाख २३ गते, आईतवार

काठमाडौँ । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासका अनुसार डिभी २०२५ को नतिजा सार्वजनिक भएको हो।

डिभी परे-नपरेको बारे dvprogram.state.gov/ESC/ वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ। नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते, आईतवार


Scroll to Top

Janata Media