सन्दीपको मुद्दामा फैसला सुनाउनुअघि न्यायाधीशले सीसीटीभी फुटेज हेर्ने

जनता संवाददाता
२०८१ जेष्ठ २ गते, बुधबार

काठमाडौँ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंले सुनाएको फैसलाविरुद्ध सन्दीप लामिछानेले दिएको पुनरावेदनमा फैसला सुनाउनुअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालले सीसीटीभी फुटेज हेर्ने भएका छन् ।

जाहेरवालाले प्रमाणका रूपमा पेस गरेको सीसीटीभी फुटेज न्यायाधीशले हेर्न भएका हुन् । त्यसपछि यो मुद्दामा फैसला आउने छ ।

यसअघि अनुसन्धानका क्रममा सन्दीपले गौशाला २६ लाई ५ भदौ २०७९ मा तिलगंगा अस्पतालपछाडिको गेस्टहाउसको कोठा नम्बर ३ सय ५ मा लगेको सीसीटीभी फुटेजमा देखिएको थियो । सोही रात सन्दीपले आफूमाथि बलात्कार गरेको भन्दै १५ दिनपछि गौशाला २६ ले प्रहरीमा निवेदन दिएकी थिइन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते, बुधबार


Scroll to Top

Janata Media