स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार

जनता संवाददाता
२०८१ जेष्ठ २ गते, बुधबार

स्लोभाकिया । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गोली लागेपछि प्रधानमन्त्रीलाई घाइते अवस्थामा अस्पताल लगिएको छ ।

घटनास्थलमा उपस्थित पत्रकारहरुका अनुसार धेरै पटक गोली चलेको आवाज सुनिएको छ । प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ ।

गोलीबारीपछि केही व्यक्ति शंकास्पदलाई पक्रन दौडिरहेको भिडियोमा देख्न सकिन्छ । बीबीसीले यो भिडियो पुष्टि गर्न सकेको छैन।

स्लोभाकियाकी राष्ट्रपति जुजाना चापुटोभाले यो क्रूर आक्रमणबाट आफू स्तब्ध भएको बताइन् । यस सम्बन्धमा थप जानकारी आउन बाँकी छ।एजेन्सी

प्रकाशित मिति : २०८१ जेष्ठ २ गते, बुधबार


Scroll to Top

Janata Media