काठमाडौँ। मधेश प्रदेश सरकारको सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीले मंगलबार साँझ सरकारबाट बाहिरिएको छ । सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। सो पार्टीका दुई जना मन्त्रीले पदबाट राजीनामा दिनु भएका छन् ।
सरकारबाट नेकपा (एस) का संसदीय दलका नेता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्दबहादुर न्यौपाने र श्रम तथा यातायातमन्त्री बेचु लुंगेलीले पदबाट राजीनामा दिएका हो ।
मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामापत्र बुझाए। मुख्यमन्त्री यादवले बुधबार जेठ २३ गते प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेकाछन् ।







