बेपत्ता भएका एक पुरुष तिन दिनपछि मृत फेला

जनता संवाददाता
२०८१ श्रावण १९ गते, शनिबार

बाँके । बुधबार डुडुवा खोलामा आएको बाढीमा दाउरा टिप्न गएका कोहलपुरका एक पुरुष बेपत्ता भएको तिन दिन पछि मृत अवश्थामा फेला परेका छन् ।

कोहलपुरको क्रिकेट मैदान नजिकैबाट बाढीले बगाएर ल्याएका दाउरा टिप्न गएका जुम्ला कनका सुन्दरी गाउँपालिका-७ घर भई हाल कोहलपुर-१० कालिकानगरका ६५ वर्षीय हरिबहादुर रोकाय बेपत्ता भएका थिए ।

बेपत्ता रोकायलाई मृत अवस्थामा डुडुवा खोलाको कोहलपुर-७ को झरकट्टी भन्ने ठाउँमा फेला पारिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए।

शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा पठाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

प्रकाशित मिति : २०८१ श्रावण १९ गते, शनिबार


Scroll to Top

Janata Media