क्रिकेटर सन्दीप बृज इन्टरनेशनलको ब्रान्ड एम्बेसडर

जनता संवाददाता
२०८१ भाद्र ४ गते, मंगलवार

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका क्रिकेट सन्दीप लामिछानेलाई बृज इन्टरनेशनल एजुकेशनल कन्सलटेन्सीले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

बृजले सन्दीपलाई दुई वर्षका लागि एम्बेसडरमा नियुक्त गरेको हो । एम्बेसडरसम्बन्धी सम्झौता पत्रमा बृज इन्टरनेशनलका निर्देशक भुवन गिरी र सन्दीपबिच हस्ताक्षर गरे । बृजले सम्झौताको रकम भने खुलाएको छैन । बृजसँगको सम्झौतापछि सन्दीपले आफ्नो क्रिकेट खेल प्रदर्शनमा सहयोग पुग्ने बताए ।

‘‘बृज सँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ,’’ सन्दीपले भने । यस्तै बृजका निर्देशक भुवन गिरीले सन्दीप जस्तो खेलाडीसँग जोडिन पाउनु सकारात्मक भएको बताए ।

 

प्रकाशित मिति : २०८१ भाद्र ४ गते, मंगलवार


Scroll to Top

Janata Media