चट्याङ लागेर एकको मृत्यु, एक घाइते

जनता संवाददाता
२०८१ भाद्र १४ गते, शुक्रबार

काठमाडौं । सुनसरीमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । जिल्लाका कोशी गाउँपालिका(४ निवासी अख्तर मियाँको १८ वर्षीया छोरा अक्रम मियाँको चट्याङ लागेर मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भई न्युरो सप्तकोशी अस्पताल उपचार क्रममा मियाँको निधन भएको स्थानीय तजमुल मियाँले जानकारी दिए । मृतकको शवको पोस्टमार्टमको लागि जिल्ला अस्पताल सुनसरीमा राखिएको छ । अर्का स्थानीय हदिस मियाँ चट्याङ लागेर घाइते भएका छन् ।

उनको न्युरो कोशी अस्पतालमा उपचार भएको जनाएको छ । घाइते हदिस निको भएर घर फर्केको प्रहरीले जनाएको छ । माछा मार्ने क्रममा बिहीबार मियाँ चट्याङ लागेर घाइते भएको दुवैको सप्तकोशी न्युरो अस्पताल भोक्राहा नरसिंहमा उपचारका लागि भर्ना भएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते, शुक्रबार


Scroll to Top

Janata Media