ओलीले प्रचण्डलाई भनेः मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउन ?

जनता संवाददाता
२०८१ भाद्र १५ गते, शनिबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश र श्रीलंकाबाट आफूले नभई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै सिक्नुपर्ने बताएका छन्।

शनिबार क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले भने ‘हिजोतिर हो क्यार प्रचण्डजीले बंगलादेश र श्रीलंकाबाट सिक भनेर अर्ती दिनुभएछ,’ प्रधानमन्त्री ओलीले भने, ‘मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउन ? मैले लुटपाट गरेको छु र, खुट्टा कमाउन ? मैले त डराउनुपर्ने केही छैन।’

प्रकाशित मिति : २०८१ भाद्र १५ गते, शनिबार


Scroll to Top

Janata Media