आजको मौसम : केही क्षेत्रमा भारी वर्षाको सम्भावना

जनता संवाददाता
२०८१ भाद्र १६ गते, आईतवार

काठमाडौं । आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

प्रकाशित मिति : २०८१ भाद्र १६ गते, आईतवार


Scroll to Top

Janata Media