एम्बाप्पे चम्किएपछि रियल म्याड्रिड विजयी

जनता संवाददाता
२०८१ भाद्र १७ गते, सोमबार

काठमाडौँ । फ्रान्सेली स्टार केलियन एम्बाप्पे चम्किएपछि स्पेनिस ला लिगामा रियल म्याड्रिडले बेटिसमाथि सहज जित निकालेको छ ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा रियलले रियल बेटिसलाई २–० गोलले हरायो । रियलको जितमा दुवै गोल एम्बाप्पेले गरे । यसै सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट स्पेन पुगेका एम्बाप्पेको रियलमा यो डेब्यु गोल पनि हो ।

दुवै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा एम्बाप्पेले ६७औँ र ७५औँ मिनेटमा गोल गरे थिए । जितसँगै चार खेलबाट आठ अङ्क बनाएको रियल तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट दुई अङ्क बटुलेको बेटिस १७औँ स्थानमा छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको चार खेलबाट १२ अङ्क छ ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते, सोमबार


Scroll to Top

Janata Media