
सर्जन कुमार शाही, मुगु । हिमाली जिल्ला मुगुमा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ। यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने मुगुमा यो पटक नयाँ शैक्षिक सत्र शुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।
सधै पाठय पुस्तकको अभाव झेल्दै आएका मुगुका विधाथीहरु ले यो चोटि भने समय मै पाठ्यपुस्तक पाउने भएका छन् । शैक्षिक सत्र शुरु हुन एक हप्ता बाँकी रहदै हप्ता दिन अगावै जिल्लामा पाठ्यपुस्तक पुगेपछी यो चोटि मुगाली विधार्थिहरुले पाठयपुस्तक सहित कक्षामा प्रवेश गर्ने भएका हुन् ।
विगत वर्षहरुमा विधार्थिहरुले बार्षिक परीक्षा आइसक्दा पनि पुरै विषयका पुस्तक नपाउदा अधुरो पढाइ मै परीक्षा दिदै आएका थिए । जिल्ला स्थित चार वटा स्थानिय तहहरु मध्य शुक्रबारसम्म छायानाथ रारा नगरपालिका ,सोरु गाउपालिका र खत्याड गाउपालिकामा रहेका सामुदायिक विधालयहरुका लागि पुस्तक विक्रेताहरुले पाठय्पुस्तकहरु पालिका केन्द्रहरुमा पुर्याइ सकेका छन् ।
छायानाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विधालयहरुका लागि पहिलो लडमा ४ हजार ५०० सेट पुस्तक जिल्लामा पुगेको पुस्तक बिक्रेताजयलक्ष्मी पुस्तक पसलका प्रोपराइटर लक्ष्मी भामले बताउनु भएको छ ।
विगत वर्षहरुमा विधार्थिले पुरै विषयका पुस्तक नपाएको र जनक शिक्षामा पनि पुस्तक अभाव थियो । बिक्रेताले ढिलो किताब उठाउदा जनक शिक्षामा पुरै विषयका पुस्तक नपाउने र पाइए पनि अधुरा विषय पाइने गरेकोले यो चोटि समय मै पुस्तक ल्याउन ताकेता गरेका थियौ र जनक शिक्षाले पनि प्रयाप्त पुस्तक समय मै छपाएको पाइयो अब विद्यार्थीले भर्नासङ्गै पुस्तक पाउने छन छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णू कुमार भामले बताए ।
उता जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित सोरु गाउपालिकामा पनि यो चोटि समय मै पुस्तक पुगेका छन । ठूलो गाडिमा जिल्ला सदरमुकाम गमगढी पुगेको पुस्तक शनिबार साना गाडिमा लोड गरेर सोरु गाउपालिका पुर्याइएको छ ।
पालिकाका शिक्षा शाखा प्रमुख विरेन्द्र मल्ल भन्नुहुन्छ यहाँ रहेका ३८ वटा सामुदायिक विधालयहरुका लागि पुस्तक विक्री गर्न जिम्मा लिएको शाही जनरल अडर एण्ड सप्लायर्सले ४ हजार ७ सय ७१ विधार्थिका लागि पुग्ने गरि सबै विषयका पुस्तक पालिकामा पुर्याइ सकेको छ २७ गतेबाट विधालयहरुलाइ विक्री वितरण शुरु गरिनेछ ।
मुगुम कार्मारोङ्ग गाउपालिकामा रहेका १६ वटा सामुदायिक विधालयका १ हजार २०० विधार्थिका लागि पुस्तक विक्रेताको जिम्मा लिएको युके स्टेशनरीले शुक्रबार जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेशबाट पुस्तक बुझी गाडिमा हिडाइ सकेको र वुधबारसम्म पालिका केन्द्र पुलसम्म पुस्तक पुगिसक्ने मुगुम कार्मारोङ्ग गाउपालिका शिक्षा शाखा प्रमुख सुवास रावलले जानकारी दिए ।
जिल्लाको शैक्षिक क्षेत्रमा अगाडि रहेको खत्याड गाउँ पालिकामा रहेका ४० वटा सामुदायिक विधालयका लागि पुस्तक विक्रेताको जिम्मा लिएको एम भि इन्टरप्राइजेजले गत आइतवार नै पालिमा पुस्तकहरु पुर्याइ विक्री वितरण शुरु गरिसकेको शिक्षा शाखा प्रमुख दान बहादुर बुढाले बताए ।
शैक्षिक सत्र वैशाख १ गतेबाट शुरु हुन्छ १५ गतेसम्म विधालयमा भर्ना अभियान चल्छ चैत मै पुस्तक जिल्लामा पुगेकाले भर्नासङै विधाथिहरुको हातहातमा पुस्तक पाउने भएका छन् । यो चोटि पुस्तक विनै विधाथिले परीक्षा दिए । अपुरा पुस्तकले विधाथिको अध्ययन अधुरो भन्ने जस्ता समाचार र विधाथी, अभिभावक र विधालयहरुका गुनासा सुनिने छैनन् ।
कक्षा १ देखि १० सम्मका विधार्थिले सबै विषयका र कक्षा ११ र १२ का विधार्थिहरुले अनिवार्य विषयका पुस्तक निशुल्क पाउने छन शिक्षा विकास तथा समन्वय इकाइ मुगुका निमित्त प्रमुख खड्कराज भियालले बताए । मुगु जिल्लामा १३९ वटा सामुदायिक विधालयहरु रहेका छन् । सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो ।