खोलाले बगाएर बेपत्ता भएकामध्ये एकजनाको शव फेला

जनता संवाददाता
२०८१ भाद्र १९ गते, बुधबार

काठमाडौं । अर्घाखाँचीको शितगंगामा छहरे खोलाले बगाउँदा बेपत्ता भएका एक युवाको शव फेला परेको छ । बेपत्तामध्ये उमेश पौडेलको शव फेला मङ्गलबार साँझ फेला परेको हो ।

शव झरनाभन्दा पाँच सय मिटर तल खोलामा डुबिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतिकसिह राठौरले जानकारी दिए ।

कपिलवस्तुको बाणगंगा–२ का २३ वर्षीय किशोर रास्कोटी अझै बेपत्ता रहेका छन् । शितगंगा नगरपालिका–१३, सिमलपानीको बिचमा पर्ने छहारामा फोटो खिच्नेक्रममा उनिहरुलाई खोलाले बगाएको थियो ।

मङ्गलबार दिउँसो घुम्न निस्किएका चार जना झरनामा फोटो खिचाउन पुगेका थिए । झरनाले चारै जनालाई बगाएको भए पनि दुई जना पौडिएर बाँच्न सफल भएका थिए ।

दुई जनामध्ये एक जनाको शव फेला परेको र अर्का युवाको खोजिकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते, बुधबार


Scroll to Top

Janata Media