काठमाडौं । तनहुँमा बिहीबार लडेर घाइते भएको एक वृद्धको मृत्यु भएको छ । ऋषिङ गाउँपालिका –८ झिरुबास निवासी ७३ वर्षीय लोकबहादुर गुरुङको मृत्यु भएको हो ।
स्थानीय झिरुबास आमा समूहको भवनबाट लडेर सख्त घाइते गुरुङको बिहीबार राति जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा मृत्यु भएको छ । घटनाको जानकारी पाएलगत्तै वडाध्यक्ष भरतकृष्ण श्रेष्ठले आफ्नो निजी गाडीमा राखेर उक्त अस्पताल लगेका थिए ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपककुमार रायले जानकारी दिए । राति सवा ११ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको वडाध्यक्ष श्रेष्ठले बताए ।







