
काठमाडौँ । रवि लामिछानेले आजको बैठकबाटै निलम्बन फुकुवाको लागि सभामुखलाई निवेदन दिएका छन् । निवेदन दिँदै उनले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निवेदन कानुन सम्मत छैन, आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन आग्रह गरेका छन् ।
जवाफमा सभामुख घिमिरेले भने– “मैले विद्यमान कानून, संसद नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको हुँ । कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो । तपाईंहरुले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद सुरु हुने अन्तिम समयमा छौं ।”
सभामुखले रविले आफ्नो कुरा राखेपछि सोधे– तपाईंविरुद्ध मुद्दा चलेको होइन र ? त्यसो भनेपछि रविले कानून व्यवसायीलाई स्पष्ट पार्न भनेका थिए ।
रविसँगै रास्वपाका १५ जना सांसद गएका थिए । रवि प्रवेश गर्नेवित्तिकै सभामुखले तपाईको स्वास्थ्य के छ भनेर सोधेका थिए ।