नाम्ख्युङ समाज हुम्लाको काठमाडौँमा भौतिक संरचना उद्घाटन कार्यक्रम सम्पन्न

जनता संवाददाता
२०८२ श्रावण १२ गते, सोमबार

काठमाडौँ । नाम्ख्युङ समाज हुम्लाको काठमाडौँमा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौँ महानगरपालिका वडा नं ६ सिमल्टारस्थित आफ्नै कार्यालयमा नाम्ख्युङ समाज हुम्लाका अध्यक्ष अंग बहादुर लामाको अध्यक्षतामा र काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौँ महानगरपालिका वडा नं ६ को अनुदान सहयोगमा भौतिक संरचना निर्माण सम्पन्न भएसँगै उद्घाटन कार्यक्रम गरिएको हो । कार्यक्रममा काठमाडौँ महानगरपालिका वडा नं ६ का वडा सदस्य नरेन्द्र कुमार थापा, नाम्ख्युङ समाज हुम्लाका सल्लाहकार सदस्य तथा पस्र्व संघीय सांसद छक्क बहादुर लामा, सल्लाहकार सदस्यहरु नरेन्द्र लामा, कुन्साङ टसि लामा, छविलाल लामा, महिला सदस्य लक्ष्मी लामा लगायत नाम्ख्युङ समाज हुम्लामा आबद्ध सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा सञ्भालकको भूमिका अमर बहादुर लामाले गरेका थिए ।

कार्यक्रमका प्रमसख अतिथि एवं काठमाडौँ महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामाले वडा सरकार नाम्ख्युङ समाज हुम्लाका लागि आवश्यक सहयोग गर्न सँधै तयार भएर बसेको र भौतिक संरचना निर्माण सम्पन्न भएर उद्घाटन भएसँगै अब आउने कार्यक्रम मार्फत एसी लगायतका सामाग्री खरिदका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२ श्रावण १२ गते, सोमबार


Scroll to Top

Janata Media