तनहुँमा बस दुर्घटना हुँदा १५ घाइते

जनता संवाददाता
२०८१ भाद्र २६ गते, बुधबार

काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुखैरेनी बजार नजिक बुधबार दिउँसो ४स:३० बस दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन् ।

आँबुखैरेनी गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने आँबुखैरेनी गाउँपालिकाको कार्यालय अगाडि को खहरेखोलाको पुलबाट बस खस्दा सो सङ्ख्यामा घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख सन्तोष पौडेलले जानकारी दिए ।

पौडेलकाअनुसार मुग्लिनबाट पोखरा जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस पुलबाट खस्दा एघार जना घाइते भएका हुन् । पुलको बीच भागमा खाली रहेको ठाउँबाट बस खसेको हो । घाइते सबैको आँबुखैरेनी अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पृथ्वीराजमार्गमा पर्ने तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा बुधबार दुर्घटना हुँदा मोटर साईकलमा सवार चालकको मृत्यु भएको छ । काठमाडौँबाट लमजुङ जाँदै गरेको ग १ ख ७१४५ नं. को बस र विपरित दिशाबाट जादै गरेको बा ९१ प २४५७ नं. को मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक तनहुँको आबुँखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने २८ वर्षीय अस्विन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ भाद्र २६ गते, बुधबार


Scroll to Top

Janata Media