सहकारी ठगी प्रकरणमा रवि लामिछाने प्रहरीको निगरानीमा

जनता संवाददाता
२०८१ आश्विन ६ गते, आईतवार

काठमाडौँ । सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लाछिाने प्रहरीको निगरानीमा परेका छन् ।

प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए । लगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई नियन्त्रणमा लिएको थियो ।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालिन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारवाहीका लागि सिफारिस गरेको थियो ।

सरकारको निर्देशनपछि फरार हुन सक्ने आशंकामा रास्वपा सभापति लामिछानेमाथि निगरानी बढाएको प्रहरी उच्च स्रोतले बताएको छ । समितिले कारबाहीका लागि सिफारिस गरेकाले उनलाई जुनसुकै समयमा पक्राउ गर्न सकिने प्रहरीको भनाई छ ।

लामिछाने पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत हुन् ।

प्रकाशित मिति : २०८१ आश्विन ६ गते, आईतवार


Scroll to Top

Janata Media