दसैँका लागि बाँकेमा खसी बोकाको मूल्य निर्धारण

जनता संवाददाता
२०८१ आश्विन १० गते, बिहीबार

काठमाडौं । दसैँलाई लक्षित गरेर बाँकेमा खसी बोकाको मूल्य निर्धारण गरिएको छ । नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरेर बाँकेमा रहेका १७ वटा सामाजिक उद्यमी सहकारी र व्यापारीबिचको छलफलपछि खसी बोकाको मूल्य निर्धारण गरिएको सामाजिक उद्यमी सहकारीको साझा संस्था सेवा नेपालका अधिकृत गोपी पुडासैनीले बताए ।

अधिकृत पुडासैनीका अनुसार निर्धारण गरिएको मूल्य अन्तर्गत ३० केजीदेखि ३९.९ केजीसम्मको खसीप्रति केजी ५३० रुपियाँ, ४० केजीदेखि ४९.५ केजी सम्मको खसी बोकाको प्रति केजी ५४० रुपियाँ र ५० केजी भन्दा माथिको खसीको मूल्य ५६० रुपियाँ प्रति केजी मूल्य निर्धारण गरिएको छ । सोही प्रकारले बोकाको मूल्यप्रति केजी ५१० रुपियाँ कायम गरिएको छ ।

थोक व्यापारी र उद्यमी सहकारी तथा सरोकारवालाको रोहवरमा सो मूल्य निर्धारण गरिएको हो। उत्पादनमा आधारित खाद्यवस्तु, पशु चौपाया बिक्री वितरण र बजारिकरणमा विभिन्न चुनौती रहेको भए पनि आफ्नो संस्थाले नीति निर्माण तहमा पैरवी गरिरहेको प्रबन्धक केसीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ आश्विन १० गते, बिहीबार


Scroll to Top

Janata Media