तमोर नदीले बगाएर ल्याएको दुई महिलाको शव फेला

जनता संवाददाता
२०८१ आश्विन १४ गते, सोमबार

काठमाडौं । तमोर नदीले बगाएर ल्याएको दुई महिलाको शव फेला परेको छ ।

नदीले बगाएर ल्याएको एक महिलाको शव धनकुटाको मूलघाटमा फेला परेको थियो भने अर्की महिलाको शव धनकुटाको फलामेटारको पल्लोभाग तेह्रथुमको क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ । तेह्रथुम क्षेत्रमा भेटिएकाले उक्त महिलाको शव तेह्रथुममा नै लगिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

धनकुटाको मूलघाटमा फेलापरेको शवको हुलिया पाँचथर जिल्लाका आफन्तले आफ्नो मान्छेसँग मिल्दोजुल्दो भएकाले पाँचथरकै हुनसक्ने आशङ्का गरी सम्पर्कमा आउने भनिएकोले पोस्टमार्टम प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख श्यामसिंह चौधरीले जानकारी दिए ।

उनका अनुसार जिल्ला अस्पताल धनकुटाको शव गृहमा राखिएको उक्त शव पाँचथर जिल्ला नपा १ बस्ने वर्ष ५३ की निर्मला राईको रहेको रहेको छ ।

प्रकाशित मिति : २०८१ आश्विन १४ गते, सोमबार