इडब्लुभिएल : कर्णालीको तेस्रो जित

जनता संवाददाता
२०८१ आश्विन १६ गते, बुधबार

काठमाडौँ । कर्णालीले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार तेस्रो जित निकालेको छ ।

प्रतियोगिताको दोस्रो दिन बुधबार कर्णालीलेले ललितपुरलाई ३–० को सोझो सेटमा हरायो । कर्णालीले ललितपुरमाथि २५–२२, २५–२२, २९–२७ को जित निकालेको थियो । यसअघि कर्णालीले पहिलो खेलमा मधेश र दोस्रो खेलमा गण्डकीलाई हराएको थियो ।

सुमित्रा रेग्मीले नेतृत्व गरेको कर्णालीले अमेरिकाकी गाब्रिएले बेन्डा र ग्रिसकी अथानासिया लिएगकी जस्ता राम्रा खेलाडीको साथ पाएको छ । यो लिग नेपालमा पहिलो पटक आयोजना भएको फ्रेञ्चाइज महिला भलिबल प्रतियोगिता हो ।

असोज १९ गतेसम्म चल्ने लिगमा लिगमा मधेश युनाइटेड, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थण्डर्स र कर्णाली यशविस गरी ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८१ आश्विन १६ गते, बुधबार


Scroll to Top

Janata Media