नवलपरासी पश्चिम खण्ड दाउन्नेमा राजमार्ग अवरुद्ध

जनता संवाददाता
२०८१ आश्विन १९ गते, शनिबार

काठमाडौँ । केही दिन अघिको भारी बर्षाका कारण बन्द भएर खुलाइएको पृथ्वी राजमार्गको नवलपरासी पश्चिम खण्ड दाउन्नेमा शनिवार बिहान पुनः अवरुद्ध भएको छ।

पहिरोका कारण बन्द भएर खुलेको केही समयमै फेरि पहिरो जाँदा शनिवार बिहानदेखि पूर्ण रूपमा यातायात बन्द भएको हो।

पुरानो ट्र्याकमा पहिरो झर्ने क्रम नरोकिएपछि नयाँ ट्र्याक खोल्ने काम थालिएको जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जनाएको छ।

राजमार्ग खुल्न केही समय लाग्ने बताइएको छ।

प्रकाशित मिति : २०८१ आश्विन १९ गते, शनिबार