गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

जनता संवाददाता
२०८१ आश्विन २८ गते, सोमबार

काठमाडौं । गोरखामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा धादिङ को त्रिपुरासुन्दरी गाउँपालिका( १ सल्यानटारका २० वर्षीय निशान गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए ।

गोरखा आरुघाट सडकखण्डमा पर्ने भिमसेन थापा गाउँपालिका–३ सिफलफेदमा चालक रुपेश गिरीेले चलाएको बा ३६ प १५६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए। आरुघाट आधारभूत स्वास्थ्य केन्द्रमा उपचारको क्रममा उनको सोमबार साँझ निधन भएको हो ।

गम्भीर घाइते मोटरसइकल चालक रुपेश गिरीलाई उपचारको लागि काठमाडौंको ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखा दरबार र सग्रहालय घुमेर फर्किनेक्रममा मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ आश्विन २८ गते, सोमबार


Scroll to Top

Janata Media