जिम्बाब्वेले गाम्बियाविरुद्ध बनायो ३४४ रन, नेपालको रेकर्ड तोडियो

जनता संवाददाता
२०८१ कार्तिक ७ गते, बुधबार

काठमाडौँ । आइसीसी पुरुष टी–२० विश्वकप अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोर खडा गरेको छ।

यस स्कोरसँगै जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरलाई तोडेको हो। यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो।

उसले मात्र ४ विकेटको क्षतिमा ३४४ रनको योगफल खडा गरेको हो। जिम्बाब्वेका लागि कप्तान सिकन्दर रजाले मात्र ४३ बलमा १३३ रनको विस्फोटक पारी खेले। यस क्रममा उनले ७ चौका र १५ छक्का प्रहार गरे।

तादीवानाशे मारुमानीले १९ बलमा ६२ रनको योगदान दिए। जिम्बाब्वेको विस्फोटक ब्याटिङमा गाम्बियाका बलरहरू निरिह बने।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते, बुधबार


Scroll to Top

Janata Media