महिला साफ च्याम्पियनसीपः नेपालको सपना चकनाचुर, बंगलादेश च्याम्पियन

जनता संवाददाता
२०८१ कार्तिक १४ गते, बुधबार

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।

खेलको ८१ औं मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गरिन्। बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो।

पहिलो हाफमा गोललरहित बराबरी खेलेको नेपालविरुद्ध दोस्रो हाफको ५२ मिनेटमा बंगलादेशका मोनिका चक्माले पहिलो गोल गरिन्। त्यसको चार मिनेटमा नेपालकी अमिशा कार्कीले गोल फर्काएकी थिईन्। तर पुनः ८१ मिनेटमा नेपालका गोलकिपर एन्जिला तुम्बापो लिम्बुको बचाउने प्रयास अफल हुँदा नेपालले उपविजेतामा चित्त बुझाउनु परेको हो।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते, बुधबार


Scroll to Top

Janata Media