उराँव समुदायले मनाए सुकराती जतरा

जनता संवाददाता
२०८१ कार्तिक १९ गते, सोमबार

काठमाडौं । तिहारको अवसरमा सुनसरीका उराँव समुदायले सुकराती जतरा पर्व मनाएका छन् । सुनसरीको इनरुवा, भोक्राहा नरसिंह १ डुमडा टोला सहितका स्थानमा उराँव समुदायले सुकराती जतरा पर्व मनाएका हुन् ।

नेपाल उराँव आदिबासी जनजाती प्रतिष्ठानका अध्यक्ष बेचन उराँवका अनुसार उराँव समुदायको बसोबास रहेको गाउँठाउँमा सामुहिक रुपमा उराँव समुदायले सुकराती जतरा पर्व मनाएको हो ।

सोमबार मात्रै भोक्राहा नरसिंह–१ उराँव समुदायले समुहिक सुकराती जतरा पर्व मनाएको स्थानीय सम्पतलाल उराँवले बताए । पूर्वी नेपालमा दसैँको उल्लास, उमङ्ग, रोमाञ्च कार्यक्रम अघि नै करम जतरा मनाएका उराँवहरुले तिहारमा सुकराती जतरा पर्व मनाएको उनले बताए ।

प्रकाशित मिति : २०८१ कार्तिक १९ गते, सोमबार


Scroll to Top

Janata Media