पाँचथरमा ट्रक दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

जनता संवाददाता
२०८१ कार्तिक २३ गते, शुक्रबार

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चालकसहित दुई जना घाइते भएका छन् ।

हिलिहाङ २ सिंगापुरदेखि गोलिया लिएर झापा हिँडेको ना ४ ख ७१२३ नम्बरको ट्रक अनियन्त्रित भएर सडकदेखि करिब ५० मिटर तल खस्दा त्यसमा सवार पाँचथरको हिलिहाङ ३ निवासी भवानी शंकर पौडेलको घट्नास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा इलाम सुर्योदय नगरपालिका १२ घर भएका ५२ वर्षीय तेजबहादुर दाश र ट्रक चालक झापा चारपाने निवासी ४० वर्षीय राजकुमार बस्नेत घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक बेनिलाल साहले जानकारी दिए ।

घाइते दुवै जनालाई पाँचथर अस्पतालमा प्राथमिक उपचारपछि झापा पठाउने तयारी भइरहेको साहको भनाइ छ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते, शुक्रबार


Scroll to Top

Janata Media