हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्षका लागि दुई स्वतन्त्रसहित सात जनाको उम्मेद्वारी दर्ता भएको छ । सर्केगाड गाउँपालिकाका उपाध्यक्षका लागि सात जनाको उम्मेदवारी परेको छ।
उपचुनावका लागि यहाँ नेपाली कांग्रेसले सविता बुढा, नेकपा एमालेले जाना शाही, नेकपा माओवादी केन्द्रले देवकी तिमिल्सेना, राप्रपाले संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टीले बाचा बुढालाई उम्मेदवार बनाएको छ। यहाँ रामसरा खड्का साउँद र नरेश शाहीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
गत भदौमा गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको सडक दुर्घटनमा परि मृत्यु भएको थियो । रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।







