रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल

जनता संवाददाता
२०८१ पुष ८ गते, सोमबार

काठमाडौँ । डोलप्रसाद (डिपी) अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति बनेका छन् ।

आज बसेको पार्टी सचिवालय बैठकले उपसभापति अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

रास्वपा सचिवालय बैठकले सभापति लामिछानेको सिफारिसमा अर्याललाई कार्यवाहक सभापति बनाएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यवाहक सभापति बन्ने व्यवस्था छ ।

प्रकाशित मिति : २०८१ पुष ८ गते, सोमबार


Scroll to Top

Janata Media