नेपालमाथि पाकिस्तानको शानदार जित

जनता संवाददाता
२०८० असार २९ गते, शुक्रबार

काठमाडौं । श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप प्रतियोगितामा पाकिस्तान ए ले जित हात पारेको छ । पाकिस्तान ए सँग नेपाल ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलब ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ललित राजवंशीले ३ तथा पवन सर्राफले २ विकेट लिए । कुशल मल्लले १ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन मात्र बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले ७५ रनको अर्धशतकीय ईनिङ खेले ।

प्रतिशले २६ रन बनाए । राजवंशी १ रनमा अविजित रहे । अर्जुन साउद तथा कुशल मल्लले समान १७-१७ रन बनाए । गुलसन झाले १३ रन बनाए । ओपनर आसिफ शेख १२ रन बनाए ।

पाकिस्तान ए का लागि शाहनवाज दहानीले ५ तथा मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । मुबासिर खानले १ विकेट लिए का थिए ।

जितसँगै पाकिस्तान ए समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा सोमबार भारत ए सँग खेल्नेछ ।

प्रकाशित मिति : २०८० असार २९ गते, शुक्रबार


Scroll to Top

Janata Media