बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

जनता संवाददाता
२०८१ पुष १९ गते, शुक्रबार

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउनेक्रममा केहीबेर अघि धमेनानजिक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले जानकारी दिए ।

दुर्घटनामा घाइते एक बालिकालाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेको प्रजिअ भट्टराईले बताए । जिपमा कति जना सवार थिए भन्ने एकीन जानकारी नआएको उनले बताए । अहिले प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्ना नेतृत्वको टोली घट्नास्थलतर्फ गएको छ ।रासस

प्रकाशित मिति : २०८१ पुष १९ गते, शुक्रबार


Scroll to Top

Janata Media