कागेश्वरी मनहरा घटनाः मृतक कृष्णका छोरा चिरेन घाइते अवस्थामा फेला

जनता संवाददाता
२०८१ जेष्ठ ८ गते, मंगलवार

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-५ थलीमा आज बिहान मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोरा चिरेन नगरकोटी पनि घाइते अवस्थामा फेला परेका छन् ।

मृतक कृष्णका छोरा पनि ब्लेडले घाँटीमा काटिएको घाइते अवस्थामा भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “अनुन्धानका क्रममा चिरेनले हिजो चोभार चाल्नाखेलमा आत्महत्याको प्रयास गर्दा प्रहरीको ‘क्युआरटी’ टोलीले उद्धार गरेको खुलेको छ ।” उक्त घटनाका विषयमा जिल्ला प्रहरी परिसर तथा प्रहरी वृत्त बौद्धबाट अनुसन्धान सुरु भएको प्रवक्ता अधिकारीले बताए । रासस

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते, मंगलवार


Scroll to Top

Janata Media