हुम्लामा वेबारिसे अवस्थामा शव फेला

जनता संवाददाता
२०८१ पुष २० गते, शनिबार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-४ को हिल्दुम गाउँ नजिकै भदुखोलामा वेबासिसे अवस्थामा शव भेटिएको छ ।

अन्दाजी ३८ वर्षका चिरञ्जीवी शाहीको शव बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

कार्यालयबाट प्रहरी निरीक्षक सुरेश सुवेदी नेतृत्वमा प्रहरीको टोली त्यसतर्फ गएको डीएसपी रविन्द खनालले बताए ।

प्रकाशित मिति : २०८१ पुष २० गते, शनिबार


Scroll to Top

Janata Media