कुटपिटका कारण ४५ वर्षीय पुरुषको मृत्यु

जनता संवाददाता
२०८१ माघ ४ गते, शुक्रबार

काठमाडौं । ओखलढुङगा कटपिटका कारण ४५ वर्षीय पुरुषको ज्यान गएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका–१ कुईभीरका ४५ वर्षीय रामकुमार राईको कुटपिटका कारण ज्यान गएको हो ।

माघ २ गते स्थानीय करिब ६५ वर्षीय टुकराज राई र रामुकार विच भएको विवादका क्रममा टुकराजको कुटाईबाट मरनासन्न अवस्थामा पुगेका राईको उपचारका क्रममा ज्यान गएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए ।

ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारको क्रममा राईको ज्यान गएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए । मदिरा सेवनपश्चात भएको विवादका क्रममा भएको कुटपिटबाट राईको ज्यान गएको प्रहरीले अनुमान गरेको छ ।

घटनामा सङ्लग्न राईलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य अघि बढाइएको प्रहरी प्रमुख खड्काको भनाइ छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ माघ ४ गते, शुक्रबार


Scroll to Top

Janata Media