कावासोती १ का वडाध्यक्षको हृदयघातबाट निधन

जनता संवाददाता
२०८१ माघ २० गते, आईतवार

नवलपुर । नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तावाराक अहमद मिँयाको निधन भएको छ। उनि नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

शनिबारदखि सुरू भएको एमालको भातृ संगठन राष्ट्रिय युवा संघ नवलपुरको १० औं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य राखिसकेपछि उनलाई हृदयघात हुँदा बेहोस भएका थिए।

ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार २ः३० तिर बेहोस भएका उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा १४ः४४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

अध्यक्ष मिया राष्ट्रिय युवा संघ नवलपुरको सहसचिव थिए। उनको निधनपछि अधिवेशन स्थगित भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले जानकारी दिए।

शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा सङ्घको जिल्ला अधिवेशनमा सहभागी भइरहेको बेला हृदयाघातका कारण मियाको मृत्यु भएको युवा सङ्घका केन्द्रीय सदस्य गिरीले बताए। ३७ वर्षीय मियाका श्रीमती, तीन छोरी र एक छोरा छन्।

प्रकाशित मिति : २०८१ माघ २० गते, आईतवार


Scroll to Top

Janata Media