
मुगु । मुगु र बाजुरा जिल्लाको सिमाना झुगोलामा कर्णाली नदीमा स्काभेटर फस्दा बेपात्ता भएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।
मुगुको खत्याड गाउँपालिका र बाजुराको हिमाली गाँउपालिका विच झुगोलाको कर्णाली नदीमा सो स्काभेटर पतर्ने क्रममा नदीको पानीमा फसेको थियो ।
झुगोलामा स्काभेटर कर्णाली नदीमा फस्दा बेपत्ता हुनु भएका तीन जनाको सकुशलै उद्धार गरिएको हुम्ला जिल्ला प्रहरी नायव परिक्षक शंकर पोखरेलले बताए ।
दिनमा स्काभेटर तार्ने क्रममा चालकको सीटसम्म पानी पसेपछि स्काभेटर डुवेको र मानिस बेपत्ता भएको तर पछि तीन जनाको सकुशल उद्धार भएको उनले बताए ।
नदीमा फसेको तीन जनाको उद्धार गरिएको भएपनि उनको नाम र ठेगाना भने पत्ता लगाउन नसकिएको उले बताए । पानीमा झिजेको कारण तीन जनालाई न्यानो बनाएर राखिएको छ ।
जुम्लाबाट हुम्ला लिनका लागि कर्णाली नदी पार गर्न खोज्दा तीन जना मानिस सहित एस्काभेटर कर्णाली नदीमा फसेको थियो ।