फ्रेन्च लिग : पीएसजी उपाधि नजिक

जनता संवाददाता
२०८१ चैत्र १७ गते, आईतवार

काठमाडौँ । फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले सेन्ट–इटिएनलाई ६–१ गोलले हरायो ।

जितसँगै शीर्षटोली पीएसजीले २७ खेलबाट ७१ अङ्क बनाएको छ । पराजि सेन्ट–इटिएन २६ खेलबाट २० अङ्क जोड्दै १८औँ स्थानमा छ । लिगमा अपराजित यात्रा कायम राखेको पीएसजीले अब एन्जर्सविरुद्ध शनिबार हुने खेल बराबरी गरेपनि च्याम्पियन बन्नेछ । पीएसजी कीर्तिमानी १३औँ पटक लिगको उपाधि मुखमा उभिएको हो ।

एकपक्षीय खेलमा सेन्ट–इटिएनलाई उसैको मैदानमा हराउन पीएसजीका डिजायर डोयले दुई गोल गरे । यस्तै गोन्सालो रामोस, ख्विचा क्वारत्स्खेलिया, जोआओ नेभेस र इब्राहिम एमबायले एक एक गोल गरे । सेन्ट–इटिएनका लुकास स्टासिनले सान्त्वना गोल फर्काए ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते, आईतवार