नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

जनता संवाददाता
२०८१ चैत्र १९ गते, मंगलवार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दोहोरो अङ्कले घटेको छ। नेप्से परिसूचक १६ दशमलव ९५ अङ्कले घटेर दुई हजार ६७६ दशमलव १७ विन्दुमा कायम भएको हो।

आज ३२० कम्पनीका एक करोड छ लाख ७० हजार ६४९ कित्ता शेयर ५६ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७९ करोड ७७ लाख ९१ हजार ७०० बराबरको कारोबार भएको छ।

आजको कारोबारमा व्यापार समूह तीन दशमलव ८० प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ।

बैङ्किङ समूह शून्य दशमलव ७४, विकास बैँक शून्य दशमलव ९५, वित्त एक दशमलव ८४, होटल तथा पर्यटन एक दशमलव ७४, जलविद्युत् शून्य दशमलव ९९ र लगानी शून्य दशमलव ४४ प्रतिशतले घटेको छ।

त्यस्तै, जीवन बिमा शून्य दशमलव ६३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५२, लघुवित्त एक दशमलव १०, म्युचुअल फन्ड शून्य दशमलव शुन्य दशमलव दुई, निर्जीवन बिमा शून्य दशमलव ३८ र अन्य समूह एक दशमलव ३९ प्रतिशतले घटेको छ।

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५६ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको ६४ करोड २५ लाख ६६ हजार ६२२ बराबरका छ लाख २७ हजार ३०९ कित्ता शेयर किनबेच भएका छन्।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते, मंगलवार


Scroll to Top

Janata Media