देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्ष

जनता संवाददाता
२०८१ चैत्र २९ गते, शुक्रबार

काठमाडौँ । देशका विभिन्न स्थानमा शुक्रबार हल्कादेखि मध्यम वर्ष भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो विराटनगर, काठमाडौँ, पोखरा र डडेल्धुरामा हल्कादेखि मध्यम वर्ष भएको हो ।

शुक्रबार दिउँसो देशको उच्च तथा हिमाली भुभागका थोरै स्थानमा मेघजर्गनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी, शुक्रबार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारयात बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सफा रहने महाशाखाले जनाएको छ ।

साथै, सुदूपश्चिम प्रदेशलगायत देशको पहाडी भुभागका एक दुई स्थानमा मेघजर्गनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागमाको केही स्थानमा हल्का वर्ष र हिमपातकोे सम्भावना छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव छ ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते, शुक्रबार


Scroll to Top

Janata Media