काठमाडौँ । लेखक बसन्त रोकायाको खण्डकाव्य ‘भोट’ तयार भएको छ । रोकायाको १२ औँ कृतिका रुपमा खण्डकाव्य ‘भोट’ तयार भएको हो ।
वर्तमान राजनिती परिस्थितिलाई चित्रण गरिएको भोट मा यसको महत्व र गरिमालाई प्रस्तुत गरिएको लेखक बसन्त रोकायाले जानकारी दिएका छन् । ‘हाम्रो देशमा एजेण्डाको राजनिती भएन, विकासको राजनिति भएन, एजेण्टको राजनिति भयो । भोटको राजतिति भयो । यसैलाई पुस्तकमा समावेश गरेको छु ।’ जनता मिडियासँग उनले भने ।
पुस्तक छपाईको काम सम्पूर्ण सकिएको र विमोचन गर्ने तयारीमा रहेको लेखक रोकायाले जानकारी दिए ।
यसअघि अक्षर या चित्कारहरु, हत्या गरौँ कि आत्महत्या, गाउँको व्यथा, एक कथा दुई नायिका, रोयर हाँसेका जिन्दगीहरु, उज्यालोको खोजी, रुपान्तरण, बुनु, मधुमानव, हिमाल र यार्सा बजारमा ल्याईसकेका छन् ।







