सुरक्षाको कारण देखाउँदै दिल्ली र पञ्चाबबीचको खेल रोकियो

जनता संवाददाता
२०८२ बैशाख २६ गते, शुक्रबार

काठमाडौँ । पाकिस्तानले भारतमा आक्रमण गरेको खबरसँगै सुरक्षाका कारण देखाउँदै आईपीएलको आजको खेल बीचमै रोकिएको छ ।

हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब किङ्स र दिल्ली क्यापिटल्सबीचको खेल चल्दै गर्दा फ्लडलाइट निभेपछि प्राविधिक कारण देखाइएको थयो । तर सोही समयमा पाकिस्तानले भारतका विभिन्न क्षेत्रमा आक्रमण गरेको खबरले आतंक पैदा गरेको थियो ।

पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा खेल रोकिएको हो ।

सुरक्षाको कारण देखाउँदै मैदान खाली गर्न भनिएको छ । आधिकारिक रूपमै जानकारी आउन भने बाँकी छ । त्यस क्षेत्रमा पावर आउटेजका कारण मैदानका तिनवटा फ्लडलाइट निभेका थिए । यो पाकिस्तानी आक्रमणका कारण ‘ब्ल्याकआउट’ भएको बुझिएको छ ।

आधिकारिक जानकारीमा प्राविधिक समस्याका कारण पावर आउटेज भएको र त्यसका कारण फ्लडलाइट सुचारु हुन नसकेको भनिएको छ ।

बीसीसीआईले यस असहज परिस्थितिका लागि क्षमायाचना पनि गरेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते, शुक्रबार


Scroll to Top

Janata Media