डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने युवती पक्राउ

जनता संवाददाता
२०८२ बैशाख २६ गते, शुक्रबार

काठमाडौँ । डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ गठ्ठाघर बस्ने दोलखा वैतेश्वर गाउँपालिका–८ घर भएकी २७ वर्षीया सुजिता अधिकारी रहेका छन् ।

सुजिताले आफूले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफूसँगै डिपेन्डेन्ट भिसामा लैजाने प्रलोभन देखाई पीडितसँग २० लाख रूपियाँ लिई सम्पर्कविगहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–१२ टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते, शुक्रबार


Scroll to Top

Janata Media