आइपिएलको रोकिएका खेल आजदेखि, आरसिबी र कोलकाता भिड्दै

जनता संवाददाता
२०८२ जेष्ठ ३ गते, शनिबार

काठमाडौँ । भारत र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण रोकिएको भारतीय प्रिमियर लिग (आइपिएल) का खेलहरु शनिबार (आज)देखि पुनः सञ्चालन हुने भएको छ ।

दुई देशबिचको तनावमा कारण एक साताअघि खेल स्थगित गरिएको थियो । शनिबार राति रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) र कोलकाता नाइट राइडर्सबिच प्रतिस्पर्धा हुँदैछ ।

११ खेल सकेको आरसिबीको १६ अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानमा रहेको गुजरात टाइटन्सको पनि समान १६ अङ्क छ । १२ खेलमा ११ अङ्क बनाएको कोलकाला छैटौँ स्थानमा छ । एजेन्सी

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते, शनिबार


Scroll to Top

Janata Media